-
Post date: 06/26/2018 - 14:08
-
Post date: 06/26/2018 - 14:08
-
Post date: 06/26/2018 - 13:55
-
Post date: 06/26/2018 - 13:25
-
Post date: 06/26/2018 - 13:20
-
Post date: 05/15/2018 - 12:08
१०९ औं अन्तराष्ट्रिय नारी दिवसमा खुल्ला महिला वक्तृत्वकला प्रतियोगिता सम्पन्न
वालिङ, २४ फागुन २०७५
१०९ औं अन्तराष्ट्रिय नारी दिवसका अवसरमा वालिङ नगर कार्यपालिकाको आयोजनामा शुक्रबार वालिङमा खुल्ला महिला वक्तृत्वकला प्रतियोगिता गरिएको छ । ‘लैङगिक समानताका लागि समान सोच र व्यवहार समृद्धिको आधार’ भन्ने नाराका साथ यस वर्षको नारी दिवस मनाइएको हो । वालिङ नगरभित्र रहेका विभिन्न विद्यालयका छात्राहरु तथा अन्य महिलाहरु गरी आठ जनाले प्रतियोगितामा सहभागिता जनाएका थिए भने अप्रतियोगिको रुपमा पनि सहभागी महिलाहरुले आ–आफ्ना भनाईहरु राखेका थिए । प्रतियोगितामा नेपाल आदर्श क्याम्पसकी सम्झना कोईराला प्रथम, पाईनिअज बोर्डिङ स्कूलकी रचना थापा द्वितीय र नेपाल आदर्श क्याम्पसकी राधा पंगेनीले तृतीय स्थान प्राप्त गर्नुभएको थियो । बिजेताहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्दै वालिङ नगर प्रमुख दिलिपप्रताप खाँणले समाज परिवर्तन हुनका लागि सबैभन्दा पहिले हरेक व्यक्तिको सोचमा परिवर्तन आवश्यक रहेको बताउनुभएको छ । उहाँले लिङ्गका आधारमा गरिने विभेदको अन्त्यका लागि समाजमा सकारात्मक विचार प्रवाह गर्दै जानुपर्नेमा जोड दिनुभयो । “विगतका दिनहरुको तुलनामा समाज खुल्ला हुँदै गएको छ चेतनाको विकास क्रमशः बढ्दै गएको छ” नगर प्रमुख खाँणले भन्नुभयो, “अहिले भईरहेको चेतनाको स्तरबाट सन्तुष्टि गर्न सकिने अवस्था छैन र यो पूर्ण पनि होईन ।” अब बस्ती बस्तीहरुमा सकारात्मक सोचका दियो बाल्दै अगाडि बढ्नुपर्नेमा जोड दिंदै नगर प्रमुख खाँणले नारी र पुरुषबीच विभेद छैन र हुनुहुन्न भन्ने विचार प्रवाह गर्दै कार्यान्वयन पक्षलाई पनि मजबुत बनाउनुपर्ने धारणा राख्नुभयो । कार्यक्रममा नगर उपप्रमुख कल्पना तिवारीले मानिसको सोच र व्यवहारमा परिवर्तन हुनु आवश्यक रहेको बताउनुभयो । उहाँले महिला अधिकारका कुरा गर्दै गर्दा पुरुषको अधिकार खोस्न नभई पहिला विस्थापित भएका अधिकारहरुलाई पुनर्स्थापित गर्न खोजेको उल्लेख गर्नुभयो । वक्तृत्वकला प्रतियोगितामा प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुवेदीले प्रतियोगितामा पालना गर्नुपर्ने नियमका बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा नेपाली काँग्रेसका नगर सचिव भुपराज बगाले, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष राजेन्द्र प्रसाद गैह्रेले वास्तविक पीडित महिलाहरुको सहभागितालाई बढाउन सके अझै सान्दर्भिक हुने विचार व्यक्त गर्नुभयो । प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुबेदीको स्वागतसँगै शुरु भएको कार्यक्रम नगर उपप्रमुख कल्पना तिवारीको सभापतित्वमा सम्पन्न भएको थियो भने सञ्चालन कार्यपालिका सदस्य युगमाया पंगेनीले गर्नुभएको थियो ।



