FAQs Complain Problems

व्यक्तिगत घटना दर्ताको अनलाईन निवेदन कसरी दिने ?

व्यक्तिगत घटना दर्ता(जन्म दर्ता, विवाह दर्ता, सम्बन्ध विच्छेद दर्ता, बसाईंसराईं दर्ता, मृत्यु दर्ता ) गर्न घरमै बसेर अनलाईन फारम भरेर तलको प्रक्रिया बमोजिम प्रमाणपत्र पाउन सकिने व्यहोरा सम्पूर्ण वालिङबासीहरुमा सूचित गराउन चाहन्छौं ।

 

१.  Firefox Browser मा   http://116.90.234.162:804/  लिङ्क खोल्ने ।

२. घटना दर्ताको लागि यहां क्लिक गर्नुहोस् । लेखेको बटनमा क्लिक गर्ने ।

३. व्यक्तिगत  परिचय फारम भर्ने ।

४. अन्तिममा विवरण भर्ने सुचकलो आफ्नो मोबाईल नं. राखी पेश गर्ने ।

५. मोबाईलमा आएको टोकन नम्बर लिएर सम्बन्धित वडा कार्यालयमा जाने ।

६. वडा सचिवले सो नम्बरको आधारमा सूचना फारम हेर्दछन् ।

७. आवश्यक डकुमेन्ट पेश गर्ने र दर्ताको लागि आवश्यक पर्ने भएमा दर्ता शुल्क तिर्ने ।

८. प्रिट गरेको सूचना फारममा सही छाप गर्ने ।

९. अन्तिममा  पञ्जीकाधिकारी / वडा सचिव द्वारा सर्टिफिकेट प्रदान गरिन्छ । 

 

यो सिस्टमबाट देशैभरी व्यक्तिगत घटना दर्ताको प्रारम्भ भएको छ। प्रत्येक स्थानीय तहको डाटा केन्द्रीय पञ्जीकरण विभागबाट हेर्न मिल्ने गरी बनाईएको यो सिस्टमको पूर्ण रुपले सञ्चालन गरिएमा दोहोरो दर्ता नियन्त्रण गर्न सकिने र रिपोर्टिङका साथै प्रतिलिपी दिने कुरामा पनि सहजता आउनेछ ।